हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा रेल दुर्घटना : तीन नेपालीसहित ११ जनाको ज्यान गयो

प्रहार समाचार । भारत,१० माघ २०८१ बिहीवार । भारतको महाराष्ट्रस्थित जलगाउँमा हिंजो राती रेल दुर्घटना भएको छ। दुघटनामा परि  तीन नेपालीसहित ११ जनाको ज्यान गएको तथा  ४० जनाभन्दा धेरै घाइते भएका छन् । 

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली समेत रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । बाँकी चार जना भारतीय हुन् ।

अरु मृतकको सनाखत हुन बाँकी रहेको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रेल लखनऊबाट मुम्बई जाँदै थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button