हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिकामनोरञ्जन

नवौं तनहुँ महोत्सव आज समापन : ‘नेपालको विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन नै हो’ – सांसद भण्डारी

• शंकरराज नहर्की। तनहुँ, ७ माघ २०८१ सोमवार । नवौं तनहुँ महोत्सव २०८१ आजबाट विधिवत् रूपमा समापन भएको छ। महोत्सव गत पुस २५ गते बाट सुरु भएको थियो ।

महोत्सवको समापन समारोहमा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधी सभा तनहुँ क्षेत्र नम्बर २ का सदस्य शङ्कर भण्डारीले नेपालको विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पाटी( रास्वपा) तनहुँका सभापति विश्व बास्तोला लगायतले महोत्सवले तनहुँको व्यापार व्यावसायलाई चलायमान बनाएको बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, तनहुँ उद्योग वाणिज्य सङ्घ महिला विकास समितिका सभापति रोशनी पिया लगायतले महोत्सवमा विदेशबाट आयतित बस्तु बिक्री नगरी स्वदेशी उत्पादनको बिक्री गरेर देशको आर्थिक अवस्था सुधार गर्न टेवा पुऱ्याउन आवश्यक रहेको बताएका थिए ।

‘तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।
महोत्सवमा सास्कृति प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको थियो । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सह- आयोजनामा  महोत्सव गरिएको थियो ।

गायक खाँड र गायिका त्रिपाठीले नचाए दर्शक

आज भएको समापन कार्यक्रममा लोक गायक रामजी खाँड र गायिका माण्डवी त्रिपाठीले दर्शक हरुलाई नचाए ।

गायक खाँडले सुरुमा ‘बन्दीपुरे सोल्टीनी’ बोलको गीत गए। खाँडले ‘डाली नुग्यो चरीले टेकेर’ लगाएतका आधा दर्जन गितहरु गाए ।

माण्डवी त्रिपाठीले ‘ढल्क्यो ढल्क्यो यो मन तिमी तिरै स्यानु’, ‘मेरो बारुली कम्मर लचक्कै’, ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’, ‘मात लाग्यो मात लाग्यो मात लाग्यो, मलाई मेरै मायालुको मात लाग्यो।’ लगायतका गितमा दर्शकहरुले धेरै रुचाएको देखिन्थ्यो ।

कार्यक्रम महोत्सव मूल आयोजक समितिका संयोजक स एवं तनहुँ उद्योग वाणित्य संघका अध्यक्ष बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button