लमजुङको सोतीबेसी र बर्लाचीका शिक्षाप्रेमी व्यक्तिहरूको तदारुपतामा अनौपचारिक रुपमा वि.सं २०१९ सालमा जमुना स्थानमा स्थापित मंगला प्रा.वि अहिले मंगला माविको रुपमा स्थापित भएको हो। यस विद्यालयले यही माघ ११ देखि १७ गतेसम्म हिरक जयन्ती भव्यताका साथ मनाउन गइरहेको छ । वि. सं २०२९ सालमा निमावि वि.सं २०३५ सालमा मावि र २०४९ सालमा लमजुङको पहिलो र राष्ट्रको दर्ता क्रममा सातौं नम्बरमा सम्बन्धन प्राप्त उमावि हो।

यसले विगतदेखि हालसम्म विभिन्न आरोह, अवरोह, उकाली, ओराली, देउराली, भञ्ज्याङ पारगर्दै आजको अवस्थासम्म आउन सफल भएको छ। २१०० को हाराहारीमा SLC/SEE उत्तीर्ण, ११०० को हाराहारीमा १२ कक्षा उत्तीर्ण र हजारौँ १ देखि विविध कक्षा पढी जानुभएका विद्यार्थीहरु हुनुहुन्छ । विद्यालयले हिरक जयन्ती मनाउने क्रममा रु. ११,०००। देखि १,००,०००। भन्दा माथि चन्दा सहयोग गर्ने महानुभावहरुको हिरक स्तम्भमा एकल देखि पारिवारिक नाम लेख्ने निर्णय गरेको छ । सो क्रममा पाण्डेगाउँ निबासी बस्नेत परिवारले २०४७ सालमा निर्माण गर्नुभएको जीर्ण सरस्वती मन्दिरलाई विद्यालयको मूल गेटको अगाडि पुन नयाँ मन्दिर निर्माण गर्नुभएको छ ।

विद्यालयको हिरक जयन्ती २०८१ गेट निर्माण हुदै छ भने झण्डै रु ५००००००। हाराहारीमा सहयोगी व्यक्तिहरूले सहयोग प्रदान गर्दै आउनुभएको छ। तसर्थ विद्यालयमा सानामसिना कमीकमजोरी हुन सक्छन् त्यसमा सच्याउँदै जाने प्रतिबद्धता जाहेर गर्दै यस विद्यालयका सम्पूर्ण उपजहरू, पूर्व विद्यार्थीहरु, चन्दादाता, जग्गादाता, विभिन्न कालखण्डमा क्रियाशील सञ्चालन व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पूर्व र वर्तमान पदाधिकारीहरु, राजनीतिक पार्टीका आदरणीय व्यक्तित्वहरू, पूर्व र वर्तमान शिक्षक साथीहरू विद्यालय कर्मचारी सबैलाई यस महान ऐतिहासिक कार्यमा मन, वचन र कर्मले एकाकार भई जोडिन हुन विद्यालय परिवार विनम्र साथ हार्दिक अनुरोध गर्दछ।भावना ठूलो कुरा रहेछ तसर्थ आफू पढेको विद्यालय जन्मेको माटो विभिन्न रुपमा जोडिएको विद्यालय मंगला माविका हिरक जयन्तीको निमन्त्रणा भौतिक र सामाजिक सञ्जालमार्फत पठाउने क्रममा छ।


यदि कथम कदाचित पत्र नपाए पनि यसैलाई आधार मानि कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।


























