प्रहार समाचार । काठमाडौं, ६ माघ २०८१ आइतवार । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावको कारण अहिले बिहान कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तस्विर : प्रहार अनलाईन मिडिया

आज तराईका धेरै भू–भागहरू तथा पहाडका खोचहरुमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने देखिएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदलीको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दूई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखा द्वारा प्रकाशित आजको मौसम सम्बन्धि बुलेटिनमा उल्लेख छ।


























