हेडलाईनसमाचारगण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको दुई वडाको अधिवेशन सम्पन्न : अध्यक्षमा भण्डारी र रावल

• विजय अधिकारी (संवाददाता) लमजुङ, ५ माघ २०८१ शनिवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले दुई वडाको प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ ।जिल्लाको बेसीशहर नगरपालिका वडा नम्बर-६ र वडा नम्बर-८,को बेग्ला-बेग्लै कार्यक्रमका साथ आज प्रथम वडा अधिवशेन सम्पन्न गरेको हो । ती दुवै वडामा यस अघि तदर्थ समिति गठन भएको थियो ।

दुवै वडाको अधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय संगठन विभागका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) लमजुङका संस्थापक संयोजक धर्म केसी, आप्रवास विभागका सचिव पदमराज पन्थी, जिल्ला सभापति अशोक सापकोटाले संंयुक्त रुपमा उद्घाटन गरेका थिए ।


के.सी.ले मुलुकमा व्याप्त भ्रष्टाचारलाई ब्लड क्यान्सरको उपमा दिदै त्यसको मुल नष्ट नगरेमा त्यस्ता रोगीको ज्यानै जाने भएको हुँदा हामी होसियारीका साथ अघि बढ्नु पर्ने बताए ।  र मुलुकमा व्याप्त भ्रष्टाचारको मुल नष्ट गर्नु पर्ने बताए ।


कार्यक्रममा प्रवास विभागका सचिव पदमराज पन्थी, काठमाडौं सम्पर्क समितिमा अध्यक्ष एवम् जिल्ला निर्वाचन क्षेत्र समितिका सदस्य भोला शर्माले समसामयिक राजनीतिक घट्नाक्रमका बारेमा प्रष्ट्याउँदै भ्रष्टाचारको भण्डाफोर गर्दै  पार्टीको संगठन निर्माणमा सबै जुटन आग्रह गरे । जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिएका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका वडा नम्बर-६,मा तेजबहादुर भण्डारीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।


जसको उपसभापतिमा राजकुमार राउत, सचिवमा सोमबहादुर रिमाल चयन भएका छन भने समितिको सदस्यहरुमा क्रमशः सूर्यबहादुर गुरुङ,बमबहादुर अधिकारी,डिल्लीराम परियार,अमृत खत्री,सीता विक,कोपिला अधिकारी थापा,उषा भण्डारी र सुनिता भण्डारी चयन भएका छन् ।


वडा सभापति तेजबहादुर भण्डारीको अध्यक्षतामा भएको सो अधिवेशनमा बेसीशहर नगरका सभापति कृष्णबहादुर राउतले स्वागत मन्तव्य राखेको कार्यक्रमको जिल्ला उपसभापति एवम् सोही वडाका अध्यक्ष प्रकाश थापाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

त्यस्तै बेसीशहर नगरपालिका वडा नम्बर-८,मा फडिन्द्र रावलको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।


जसको उपसभापतिमा विष्णु सुयल र सचिवमा रामजी श्रेष्ठ चयन भएका छन  भने सदस्यहरूमा क्रमशः वासमाया दुलाल, मपिता मिया,केशब दुलाल,काजीराम रावल,हरुना गुरुङ र शिव रावल चयन भएका छन्।
रिक्त २ सदस्य पदमा नवनिर्वाचित सभापतिले मनोनित गर्ने तथा यस अघिका वडा सभापतिहरु ध्रुवराज ढकाल र उपसभापति अहल्दिन मियालाई नगर समितिको विभागमा लगिने निर्वाचन संयोजक नवराज पहाडीले प्रहार समाचारलाई बताए ।

सो वडाको वडा अधिवेशन वडा सभापति ध्रुवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला सदस्य सविता अधिकारी बरालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण  जिल्ला सदस्य मीना खड्काले गरेकी थिइन् ।

दुवै वडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई लमजुङ जिल्ला सभापति अशोक सापकोटाले सपथ खुवाएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button