हेडलाईनसमाचारगण्डकी

लमजुङको जनजागृती आधारभूत विद्यालय चितीको ३६औं वार्षिकोत्सव सम्पन्न 

• विजय अधिकारी (संवाददाता) लमजुङ, माघ१ २०८१ मङ्गलवार । लमजुङको बेसीशहर नगरपालिका वडा नं – ११, चिती बरबोट वेसीमा रहेको जनजागृती आधारभुत विद्यालयकोे ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न भएको छ ।

कार्यक्रमको  संविधान सभा सदस्य जमिन्द्रमान घलेले उद्घाटन गर्दै देश विकाशको पहिलो आधार शिक्षा भएकाले शिक्षाको गुणस्तर सुधारमा जोड दिए ।

कार्यक्रममा  बेसीशहर नगरपालिका उपप्रमुख पद्यमा  गुरुङ, वडा नं ११ का वडा अध्यक्ष शिवप्रसाद जोशी, जनकल्याण मा.वि.उदिपुरका प्र.अ.सुर्य अधिकारी, लोकराज आदर्श मा.वि.का अध्यक्ष भारत बहादुर कुताल विद्यालयका छात्रको तर्फबाट सिर्जित पन्त र छात्राको तर्फबाट चाहत तामाङ लगयतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक बासु बाबु सिलुवालले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयको भावी कार्यक्रम र आर्थिक बर्ष २०८०/२०८१ को ७३ लाख ७१ हजार ५ सय १७ रुपैयाँ बराबरको आय ब्याय प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र मगरको अध्यक्षतामा भएको वार्षिकोत्सवको अवसरमा विद्यालयमा उत्कृष्ट शिक्षकको रूपमा  शिक्षक कल्पना रेग्मी र मर्यादा रेग्मीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने विद्यालय स्तरमा भएका विभिन्न खेलकुद कार्यक्रमका  विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका शिक्षिका कमला रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक रमेशचन्द्र घिमिरेले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button