प्रहार समाचार । तनहुँ, १ माघ २०८१ मङ्गलवार । आज मुलुकभर माघे सङ्क्रान्ति पर्व विभिन्न कार्यक्रमक साथ मनाईदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

आजको दिन तनहुँको देवघाट, मादी र सेती नदीको संगम स्थल , त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ। आज तनहुँको दमौलीमा सञ्चालन भईरहेको ९औं तनहुँ महोत्सवमा नेपाल मगर समुदायका विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्र गर्ने भएका छन्।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने, ध्यान गर्ने गरिन्छ ।


























