• सुशिल विक ( संवाददाता ) प्रहार समाचार । तनहुँ, २७ पुस २०८१ शनिवार । तनहुँको दमौलीमा व्यास नगरपालिका अन्तर माध्यामिक विद्यालय स्तरीय ‘छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१’ सुरु भएको छ ।

व्यास १ स्थित निर्मल माविको खेलमैदानमा हिंजोबाट सुरु भएको उक्त प्रतियोगिताको गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले उद्घाटन गर्दै विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रष्फुटन गराउन यस्ता प्रतियोगिता सहायक सिद्ध हुने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले खेलकुद जिवनको एक अभिन्न अङ्ग भएकाले व्यक्ति निरोगी रहन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरुले दिएको योगदानको चर्चा गरे ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा र अनुशासनको पाटो खेलकुद पनि भएकाले जिल्ला र क्षेत्रिय स्तरका खेलाडीहरुको पहिचान गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए। उनले खेलकुदको विकासमा नगरपालिका लागिपरेको पनि उल्लेख गरे ।

कार्यक्रमम उप्रमुख इन्दिरा दरै, वडानं १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खले ,२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ ,व्यास नगर शिक्षा प्रमुख केदार आचार्य, अधिकृत नवीन पराजुली , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरिक्षक वल बहादुर गुरुङ् लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा नगरपालिकाका २३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको खेलकुद समितिका सचिव एवं निर्मल मा वि का प्रधानाध्यापक गणेश चन्द्र बस्नेतले जानकारी दिए ।

खेलको सरुवात यथलेटिक्स् अन्तरगत १५ सय मिटर छात्र र छात्राहरुको दौड प्रतियोगितामा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा छात्र तर्फ महेन्द्र ज्योती मा वि का रोशन पन्थ प्रथम, कमल बि.क. द्वितीय र सत्यवती मा वि का कृष रानाभाट तृतीय भएका थिए । छात्रा तर्फ निर्मल मा वि की छात्रा सन्ध्या रानाभाट प्रथम, महेन्द्र ज्योती मा वि की सरिता वि.क द्वितीय र गोरखकाली आवासीय विद्यालयकी चेटना कटवाल तृतीय भएकी छिन् ।

प्रतियोगिता तीन दिन सम्म चल्ने छ । जस अन्तर्रगत कबर्डी, बास्केटवल , विभिन्न इभेन्टर्सका दौड, हाई जम्प, लङ्गजम्प जस्ता खेल कुँदहरु हुनेछन् । कार्यक्रम व्यास नगर खेलकुद समितिका संयोजक जीवन गुरुङको सभापतित्वमा भएको थियो ।



























