• विजय अधिकारी संवाददाता ) प्रहार समाचार । लमजुङ,२४ पुस २०८१ बुधवार ।शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले शिक्षकहरुले चाहेको खण्डमा सामुदायिक विद्यालय सुधार गर्न सकिने बताएका छन् ।

बेसीशहर नगरपालिकाकाे वर्तमान शैक्षिक अवस्था सुधारका लागि गर्न सकिने असल अभ्यासहरूकाे बारेमा
हिंजो बेसीशहर नगरपालिकाद्वारा आयोजना गरिएको शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षाविद् कोइरालाले शिक्षकहरुले नै विद्यार्थीको पढाईको गुणस्तरको जिम्मा लिनु पर्ने बताए ।

उनले भने-‘विद्यार्थीको पढाई प्रति अभिभावकको चासो भएन भनेर दोष दिन हुँदैन ,विद्यार्थीको पढाईको गुणस्तरको जिम्मा लिन शिक्षक तयार हुनु पऱ्यो ।’
उनले विद्यालयमा शिक्षक,अभिभावक र विद्यार्थीलाई सन्तुष्टि बनाउँदैै राज्यले तोकेको उद्देश्यमा सन्तुष्टि भएर काम गर्न सके शैक्षिक अबस्थामा सुधार आउन सक्ने दाबी गरे ।
शिक्षकहरुले पढाउने तरिका सुधार गर्नुपर्ने, प्रविधि सँग अपडेट हुनु पर्ने र प्रयोगात्मक क्रियाकलापमा संलग्न गराउँदै पठनपाठ्न गराउनु पर्नेमा डा कोइरालाको जोड थियो । डाक्टर कोइरालाले ज्ञानको घेरा फराकिलो भएकोले पाठ्यपुस्तकमा भएका कुरा मात्र रटाउने भन्दा पनि जीवनोपयोगी र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

सामुदायिक विद्यालयले भन्दा निजी विद्यालयले जिम्मेबारी बढी लिएको कारण विद्यार्थीहरु त्यता तर्फ आकर्षित भएको कारण सामुदायिक विद्यालयहरुले अभिभावकहरुको विश्वास जित्ने काम गर्न नसकेको उल्लेख गरे । कार्यक्रममा शिक्षा शाखा प्रमुख एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत किसानराज चिलुवालले नगरपालिकाको वर्तमान शैक्षिक अबस्था,समस्या र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्मा, बेसीशहर नगरकार्यपालिका सदस्य,नगर शिक्षा समितिका सदस्य,नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्र.अ.र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बेसीशहर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर २ का वडा अध्यक्ष मदनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बेसीशहर नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक सिर्जना पाण्डे चिलुवालले गरेकी थिइन् ।
























