• विजय अधिकारी (संवाददाता ) लमजुङ, २३ पुस २०८१ बुधवार । लमजुङ प्रहरीले ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामत गरेको छ ।

प्रहरीले एक सय १४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ । नबिकरण नगरेका बन्दुकहरु बरामद गरिएको पत्रकार भेटघाट मार्फत आज सार्वजनिक गरेको हो ।

बरामद गरिएका एक नाले भरुवा बन्दुक १ सय ७ थान, १२ बोर एक नाले २ थान, भरुवा बन्दुक एक नाले मुद्धा चलेको २ थान, एक नाले वृज लोडिङ राइफल एक थान, १२ बोर दुईनाले एक थान र २२ बोर हर्नेट एक थान गरि एक सय १४ थान नविकरण नगरिएका बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार बरामद गर्नु पर्ने बन्दुक ७ सय ६४ थान, विवरण प्राप्त भएको बन्दुक ५ सय ४५ थान, बरामद बन्दुक एक सय १२ र विवरण प्राप्त हुन बाँकी २ सय १९ थान बन्दुक रहेको छ भने ४ सय ७० थान बन्दुकको लागत प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी बुद्ध वहादुर गुरुङले नविकरण नगरिएका हतियार खोजी गरि बरामद गर्ने कार्य जारी रहेको बताए । उनले आगामी दिनहरुमा नविकरण नगरिएका हतियार चलाउनेहरुलाई कानुनी दायरामा ल्याइने भन्दै नविकरण नगरिएका हतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे ।
























