प्रहार समाचार । तनहुँ, २२ पुस २०८१ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं १० कुमालटारीमा रहेको चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा व्यास नगर स्तरीय सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरू बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ।

शिक्षकहरुमा खेल प्रति उत्साह जगाउँदै विद्यालयहरु बिचआपसी मित्रता जगाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेल (आरसी)ले बताए ।
आज र भोलि गरि दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितमा प्रथम हुने टिमलाई नगद १५ हजर, दोस्रो हुने टिमलाई नगद १० हजार र तेस्रो हुने टिमलाई नगद ५ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।
























