प्रहार समाचार । काठमाडौँ, २२ पुस २०८१ सोमवार । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराईंका विभिन्न जिल्लामा शीतलहरका कारण जनजिवन प्रभाबित बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । उता कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
























