प्रहार समाचार । तनहुँ,१५ पुस २०८१ सोमवार । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ परिवर्तन अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तनहुँका पर्यटन तथा संस्कृत विद् हरिसिंह गुरुङ आगामी दिन अझ मङ्गल होस् , फलोस् फुलोस् भनेर यो पर्व मनाइने बताउँछन् । गुरुङले भने -‘ १२ वट वर्ग मध्ये गिद्ध वर्ग सिद्धिएर आजबाट सर्प वर्ग सुरू हुन्छ । , सर्पलाई नाग देवताका रूपमा पूज्ने परम्परा हामी नेपालीहरुमा छँदैछ । यो वर्षैभरी नागको पूजा गरिन्छ।’

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लाका अतिरिक राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रमका साथ यो पर्व मनाइँदै छ। आज १५ पुस पनि हो र १५ पुस पनि मनाइँदै छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गुरुङहरुको जनसङ्ख्या ५ लाख ४३ हजार ७ सय ९० को छ। यो कुल जनसंङ्ख्याको १.८६ प्रतिशत हो ।

आज पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको छुट्टै महत्व रहेको बताइन्छ ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा आज तनहुँका गुरुङ समुदायले सदरमुकाम दमौलीका अतिरिक्त मुख्य बजारहरु आँबुखैरेनी , डुम्रे, खैरेनीटार, दुलेगौँडा, भिमाद लगायतका बजाएरमा विभिन्न कार्यक्रमका साथ यो पर्व मनाउँदै छन्। यसका साथ आज देशै भरी विभिन्न कार्यक्रम गरेर यो पर्व मनाउँदै छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
























