हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याम्दे गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न : ३४ वटा प्रस्ताव तथा ३ वटा विधेयक प्रस्तुत

प्रहार समाचार । तनहुँ, ८ पुस २०८१ सोमवार । तनहुँको म्याग्दे गाँउपालिकाको १७ औं गाउँसभा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आज  सम्पन्न भएको छ । यस अघिको गाउँसभाबाट पारित कार्यक्रम कार्यान्वयन गर्नुका साथै केही पुरक कार्यक्रमहरु समेत पारित गरेर सभा सम्पन्न भएको हो ।

हिउँदे सभाको रुपमा लिइएको  उक्त सभाले पालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्यका साथ काम भईरहेको छ ।’ – अध्यक्ष श्रेष्ठले बताए । ‘गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, ‘अध्यक्ष र उपाध्यक्षसँग जनता’ कार्यक्रम, ‘एक घर एक व्यवसाय’ तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने छ ।’ – अध्यक्ष श्रेष्ठले भने ।

‘पालिकाले कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न ‘उपाध्यक्षसँग कृषि कार्यक्रम’, ‘आली देखि नालीसम्म’, खाद्य स्वच्तता कायम गर्न ‘वसे पनि शहर गाँउकै खाने रहर’ नारालाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम,कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, वजारीकरण गर्ने लक्ष्य लिएको छ ।’- उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

पालिकाले  स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई वढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने, स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय क्षेत्रका विषयलाई प्राथमिकता दिइने मुख्य नीति लिएको पालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले जानकारी दिए ।

‘साथीवाट सिक्ने, साथीलाई सिकाउने’, ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ कार्यक्रम, युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विशेष जोड दिइने, अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई अगाडी वढाईने, खानेपानी तथा सरसफाई र फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नितिलाई कार्यान्वयन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

गाउँसभामा ३४ वटा प्रस्ताव तथा ३ वटा विधेयक प्रस्तुत गरिएको थियो। जस अन्तर्गत पालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक २०८१, बालअधिकार विधेयक २०८१ र आर्थिक ऐन २०८१ पहिलो संशोधन २०८१ मा गाउँपालिकाका सदस्यहरुले विधेयकमाथि सैद्धान्तिक छलफल गरेका थिए।गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले संकल्प प्रस्ताव पेश गरेका थिए भने बसन्त कुमार श्रेष्ठ र बद्रिका घिमिरेले छलफलमा भाग लिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button