हेडलाईनसमाचारबन्दीपुरगण्डकीप्रदेशखेलकुद

सातौँ मिलिजुली कप २०८१ को तयारी सुरु

प्रहार समाचार । तनहुँ,६ पुस २०८१ शनिवार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ खहरेटारमा हुने सातौँ मिलिजुली कप २०८१  को तयारी सुरु भएको छ।  मिलिजुली युवा क्लबको आयोजनामा यही पुष १५ गतेबाट सुरु हुने  गतेसम्म सातौं मिलिजुली कप २०८१ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रको तयारी सुरु गरिएको जनाइएको छ ।

क्लबद्वारा कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आज   दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा  मगरले ‘नेपाली राष्ट्रिय खेल भलिबलको जगेना गरौं, गाउँ गाउँबाट टोलटोलबाट खेलाडी उत्पादन गरौँ’ भन्ने नाराका साथ सातौं वार्षिक उत्सवमा  कार्यक्रम आयोजना गरिएको र प्रतियोगिताको लागि गर्नु पर्ने कामहरु सुरु भएको बताए ।

क्लबका अध्यक्ष राम बहादुर गुरुङले  प्रतियोगितालाई सफल पार्न विशेषगरी बन्दीपुर गाउँपालिका लगायत  स्वर्दश तथा विदेशमा रहेका खेलप्रेमीहरुसङ्ग सहयोगको अपेक्षा गरिएको बताए ।

जिल्ला भलिवल संघका अध्यक्ष पदम सुनारले सबै प्रकारको खेलकुँदको बिकासमा स्थानिय तहले कुनै काम नगरेको , जिल्लामा स्तीय खेलमैदान नभएको,  जिल्लका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु खेल प्रति पलायन भएको बताउँदै खेलकुदको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपि अधिकारीले बार्षिक रुपमा हुने  भलिवल प्रतियोगिताले स्थानिय स्तरमा लुकेर रहेका खेलाडीहरुको पहिचान गर्न मद्दत पुग्ने विश्वास लिए ।

खेलकुँद पत्रकार मञ्च तनहुँका अध्यक्ष मदन वाग्लेले सबै पालिकाहरुले खेलकुदको बिकासमा पर्यप्त मात्रमा बजेट बिनियोजन गरेको खण्डमा खेल मैदान निर्माणका अतिरिक्त प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने  अपेक्षा राखे ।

उक्त भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद  १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ६० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र, तृतीय हुने टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिने क्लबका सचिव जित बहादुर थापाले जानकारी दिए ।

यसै गरि सान्त्वना हुने टिमले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा भाग लिन दर्ता शुल्क ६ हजार तोकिएको छ भने पुस १० गतेबाट १५ गते सम्म टिम दर्ता गर्न सकिने क्लबले जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्न ७ देखि १० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा झण्डै ५० टिमको सहभागिता रहने अनुमान क्लबले गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button