प्रहार समाचार । तनहुँ, ४ पुस २०८१ बिहीवार । तनहुँको ऋषिङ गाउँपालिकाले राष्ट्रीय परिचयपत्र वितरण गर्ने कार्य सुरु गरेको छ।

तनहुँका साहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी र पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले संयुक्त रूपमा परिचयपत्र वितरण गरेका पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अमगाईले जानकारी दिए ।

बनेर आएका परिचय पत्र अव तनहुँका सवै पालिकाहरुमा एक साथ क्रमश : वितरण गर्दै लैजाने बताइएको छ। जिल्ला प्रशासन कार्यालयमा आएका परिचय पत्रहरु सटिङ गर्दै सम्बन्धित पालिकामा पठाइएको प्रशासन कार्यालयले जनाएको छ। ‘ यसो गर्दा प्रशासन कार्यालयमा हुने भिड कम हुने छ ।’ प्रशासन श्रोतले भन्यो । परिचय पत्र प्राप्त गर्न व्यक्ति स्वयं आफै उपस्थिति भएर ल्याप्चे लगाउनु पर्ने ऋषिङ गाउँपालिकाका प्रवक्ता बिजय दरैले बताए । प

























