प्रहार समाचार । तनहुँ , २६ कात्तिक २०८१ सोमवार । आज स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्य तोलामा एक हजारले घटेको छ ।

आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महसंघका अनुसार चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।
























