प्रहार समाचार । तनहुँ , २१ कात्तिक २०८१ बुधवार । चार वेद १८ पुराणका रचयिता भगवान् वेदव्यासको अवतरणभूमि दमौलीमा आजबाट हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ हुने भएको छ । बेद अनुयायी प्रतिष्ठानको आयोजनामा आगामी कार्तिक २१ देखी २८ गतेसम्म हिन्दु महामिलन पर्व आयोजना गर्न लागिएको हो। पर्वको तयारीको सम्पूर्ण काम सकिएको छ।

व्यास जन्मभुमीमा सञ्चालित योग भवन निर्माणा तथा अन्नक्षेत्रमा आश्रित अशक्तहरुको नोजनादिको निम्ति अक्षयकोष स्थापना एवम व्यासभूमिको गरिमा अभिवृद्ध गर्दै शुक्ला माहेन्द्री गंगा अरती गराउने उद्देश्यले महामिलन पर्व आयोजना हुन लागेको वेदानुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष एवं श्रीमद्भागवत ज्ञानमहायज्ञका प्रमुख वाचक आचार्य पं. कृष्णकान्त काफ्लेले जानकारी दिए ।

प्रतिष्ठानका सल्लाहकार एवं व्यासका अध्येता काशिनाथ न्यौपाने व्यास जन्मभूमिको महत्व र गरिमालाई विश्वमाझ पुऱ्याउन यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताउँछन् ।
ज्ञानमहायज्ञका मूल संयोजक शान्ति स्वरुपानन्द दामोदर बाबा सबैको साथ र सहयोगले व्यासभूमिको विकासले गति लिएको चर्चा गर्दै सबै संप्रदायहरुलाई एक पटक महामिलन पर्वमा उपस्थित भैदिन आग्रह गरेका छन्। प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले हरेक वर्ष कात्तिक महिनामा गरिने यस हिन्दु महामिलन पर्व र ज्ञान महायज्ञमा दैनिक भागवत वाचन, पुजा अर्चना, रुद्राभिषेक हवन, अध्यात्मिक प्रवचन तथा हरिनाम संकिर्तन हुने जानकारी दिए ।

अहिले बिहान कलशयात्रा सहित नगरपरिक्रमा पछि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट उक्त कार्यक्रमको उद्घाटन गरिने कार्यक्रम तय भएको संस्थाका महासचिव ऋषिराम ढुङ्गाना सेवकले प्रहार समाचारलाई बताए ।

























