प्रहार समाचार । तनहुँ , २० कात्तिक २०८१ मङ्गलवार । चार वेद १८ पुराणका रचयिता भगवान् वेदव्यासको अवतरणभूमि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ हुने भएको छ । बेद अनुयायी प्रतिष्ठानको आयोजनामा आगामी कार्तिक २१ देखी २८ गतेसम्म हिन्दु महामिलन पर्व आयोजना गर्न लागिएको हो।

व्यास जन्मभुमीमा सञ्चालित योग भवन निर्माणा तथा अन्नक्षेत्रमा आश्रित अशक्तहरुको नोजनादिको निम्ति अक्षयकोष स्थापना एवम व्यासभूमिको गरिमा अभिवृद्ध गर्दै शुक्ला माहेन्द्री गंगा अरती गराउने उद्देश्यले महामिलन पर्व आयोजना गर्न लागिएको बताइएको छ।
समग्र व्यास भूमिकोको प्रचार प्रसारकोलागि हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ सप्ताह आयोजना गरिएको वेदानुयायी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष एवं श्रीमद्भागवत ज्ञानमहायज्ञका प्रमुख वाचक आचार्य पं. कृष्णकान्त काफ्लेले आज व्यास गुफामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिष्ठानका सल्लाहकार एवं व्यासका अध्येता काशिनाथ न्यौपानेले व्यास जन्मभूमिको महत्व र गरिमालाई विश्वमाझ पुऱ्याउन यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताए ।
ज्ञानमहायज्ञका मूल संयोजक शान्ति स्वरुपानन्द दामोदर बाबाले सबैको साथ र सहयोगले व्यासभूमिको विकासले गति लिएको चर्चा गर्दै सबै संप्रदायहरुलाई एक पटक महामिलन पर्वमा उपस्थित भैदिन आग्रह गरे । पत्रकार सम्मेलनमा सिद्धाश्रम शक्तिकेन्द्र दमौलीका अध्यक्ष प्रियनाथ पौडेल, संस्थाका उपाध्यक्ष दुर्गाभक्त अधिकारी ,नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य , प्रहार अनलाईन भिडियाका सम्पादक शंकरराज नहर्की, जनचाहना न्यूजका सम्पादक सानेबहादुर नेपाली, प्रेस यूनियन तनहुँका पूर्व अध्यक्ष अमरराज नहर्की , पत्रकारहरु अञ्जनराज न्यौपाने , , मिला दरै , श्रीहरि पौडेल लगायतको उपस्थिति रहेको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।

हरेक वर्ष कात्तिक महिनामा गरिने उक्त हिन्दु महामिलन पर्व र ज्ञान महायज्ञमा दैनिक भागवत वाचन, पुजा अर्चना, रुद्राभिषेक हवन, अध्यात्मिक प्रवचन तथा हरिनाम संकिर्तन हुने छ । भोलि बिहान कलशयात्रा सहित नगरपरिक्रमा पछि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट उक्त कार्यक्रमको उद्घाटन गरिने कार्यक्रम तय भएको कार्यक्रमको सहजिकरण कर्ता संस्थाका महासचिव ऋषिराम ढुङ्गाना सेवकले प्रहार समाचारलाई बताए ।

























