• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । काठमाडौँ , १९ कत्तिक २०८१ । मुमा वडामहारानी रत्नराज्य लक्ष्मी शाहलाई अस्पताल भर्ना गरिएको छ।

हिंजी साँझ शाहको स्वास्थ्यमा अचानक समस्या देखिएपछि शहलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पुर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।
९७ वर्षीय शाहको स्वास्थ्य नबिग्रीयोस भनेर “अब्जर्भेसन”का लागि अस्पताल भर्ना गरिएको संवाद सचिव पाठकले बताए ।


























