• चेतना नहर्की / प्रहार समाचार । तनहुँ , २९ असोज २०८१ मङ्गलबार । वडा दशैं २०८१ को आज आश्वित शुक्ल पक्षको त्रयोदशीका दिन पनि मान्यजन बाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने र आशीर्वादलिने क्रम जारि रहेको छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पूर्णिमाको दिन सम्म आज जारी रहनेछ ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन लगाउन जानेहरुको भिड सबै तिर देख्न सकिन्छ ।
बडादशैंको सार्वजनिक सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा सम्म चलिरहन्छ । वर्ष दिनमा एक पटक आउने चाड वडा दशैं आफन्त जनसङ्ग तथा घरपरिवा सङ्ग मनाउन देश विदेशबाट धेरै नेपालीहरु आफ्नो जन्म घर फर्किने गर्दछन् ।

























