हेडलाईनसमाचारगण्डकी

तनहुँमा माइक्रोको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको निधन

•विजय अधिकारी । (संवाददाता ) तनहुँ ,२८ असोज २०८१ सोमबार । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर – २, ढापटारमा आज माइक्रोबसको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको निधन भएको छ ।

निधन हुनेमा गोरखा नगरपालिका वडा १४ गोब्लिन घर भएका ३७ वर्षिय हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत ट्राफिक प्रहरी हबल्दार भक्त बहादुर नहर्की भएको ईलाका प्रहरी कार्यालय आबुखैरेनिका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले बताए ।

उनका अनुसार – गोरखाबाट पोखरा तर्फ जादै गरेका हवल्दार नहर्की सवार ग ए ओ ओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको १ ज ८४१८ नम्बरको विधुतिय माइक्रोले ठक्कर दिएको थियो । माइक्रोको ठक्करले गम्भीर घाइते भएका नहर्कीको आबुखैरेनी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । माइक्रो चालक विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको आँबुखैरेवीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रहार समाचारलाई जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button