प्रहार समाचार । इजराइल , २८ असोज २०८१ सोमबार । उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु भएको छ भने ६० बढि घाइते भएका छन्।

उत्तरी तेल अभिभ इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको आक्रमणमा ४ सैनिकको मृत्यु र अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ)ले जनाएको बीबीसीमा उल्लेख छ।
आईडीएफका अनुसार आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन् । तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको बीबीसीले जनाएको छ।
























