हेडलाईनव्याससमाचारगण्डकी

दसैंमा टिका लगाउन ससुराली आएका ज्वाईको नदीमा डुबेर मृत्यु

प्रहार समाचार । तनहुँ , २८ असोज २०८१ सोमबार । वडादसैंमा ससुरालीमा टिका लगाउन आएका एक व्यक्तिको तनहुँमा मृत्यु भएको छ ।

व्यास नगरपालिका व्यास नगरपालिका–६ श्याम्घामा  ४० वर्षिय नारायणप्रसाद पोख्रेलको आइतबार मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । 

नवलपुरको गैंडाकोट नगरपालिका–२ घर भएका  पोख्रेल बिहान नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा भुमरीमा परेर उनको मृत्यु भएको थियो । पोख्रेलको  शव करीव एक किलो मिटर तल फेला परेको थियो । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button