• विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार । चितवन, २८ असोज २०८१ सोमबार । भाउजुको हत्या गरी भिरबाट फ्याकेको आरोपमा चितवनमा ज्वाइँ (नन्दको श्रीमान) पक्राउ पर रेका छन्।

पक्राउ पर्नेमा चितवनको माडी-७,का ६२ बर्षिय टीकाराम रानाभाट रहेका छन् । टिकारामले चितवन माडी -७,बस्ने ७१ बर्षिया भाउजु विष्णुमाया रानाभाटको हत्या गरी भिरबाट फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले प्रहार समाचारलाई जानकारी दिए।
उनले भने – ‘घटना शङ्कास्पद भए पनि अनुसन्धानका क्रममा टिकाराम पक्राउ परेका र उनले प्रहरी समक्ष भाउजुको हत्या गरेको स्वीकार गरेका छन् ।’
असोज १९ गते देखि घर बाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक बनको भिरमा भेटीएको थियो भने टिकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा प्रयोग भएका खुर्पा र मृतकको सुनका गहना दुई ठूला रिङ,पाँच साना रिङ,हत्याको समयमा प्रयोग गरिएका कपडाहरु वरामद गरेको छ ।
टिकारामलाइ चितवन जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमतिलिइ अनुसन्धान अघि बढाइएको सूचना अधिकारी रिजालले बताए ।
























