प्रहार समाचर । तनहुँ , २० असोज २०८१ आइतबार । तनहुँको व्यास नगरालिका वडा नं ४ ले वडालाई सुन्दा बनाउन सरसफाई अभियान लाई तिभ्रता दिएको छ। वडामा रहेका विभिन्न मार्गहरुलाई सुन्दर बनाउन हिजोबाट अभियान सुरु गरिएको वडा सदस्य सरोज भण्डारीले बताए ।

सरसकाई गरिएका मार्गहरुमा सूवर्ण मार्ग , चौतारी मार्ग , चुरेखोल्स मार्ग , झिल्के मार्ग लगायतकालाई व्यवस्थित बनाउन बिहानै देखि वडा सदस्य भण्डारी र कर्ण गुरुङ डोजरमै चढेर बाटो सरसफाइमा लागेका थिए ।
दशैंको मुखमा बजार क्षेत्रलाई सुन्दर बनाउनको लागि सरसफाई अभियान सुरु गरिएको वडा अध्यक्ष मनबहादुर गुरुङले बताए । सरसफाई गर्ने क्रममा वडाभित्र रहेका कच्ची बाटोमा भत्किएका ग्रावेललाई सुधार गर्दै आवज जावत सहज तुल्याइएको वडा अध्यक्ष गुरुङले बताए ।

























