प्रहार समाचार । काठमाडौँ २० असोज २०८१ आइतबार । भैरव पुरस्कार गुठीले ‘विराट प्रतिभा’ भैरव अर्यालको स्मृतिमा स्थापित तीन अलग–अलग स्रष्टालाई पुरस्कार प्रदान गरेको छ ।

गुठीले एक कार्यक्रमका बिच काठमाडौंमा तीन स्रष्टाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
जस अनुसार १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ ।
यसैगरि एक लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार भाषासेवी एवं वरिष्ठ कोषकार चूडामणि गौतमलाई प्रदान गरियो । यसैगरि ५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरियो ।
























