हेडलाईनसमाचारखेलकुद

चौथो तार्कुकोट मिनि म्याराथुनको उपाधी महिला तर्फ तामाङ र पुरुष तर्फ बस्नेतलाई

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार ।  लमजुङको सुन्दरबजारमा जिल्ला स्तरीय चौथो तार्कुकोट मिनि म्याराथुन महिला,पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ८ स्थित अकला युथ सोसाइटी भोटेवडारले स्थानीय प्रर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका हिंजो उक्त  प्रतियोगिता आयोजना गरेको थियो ।

  कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले उद्द्घाटन गर्दै खेलकुँदले शारिरिक तथा मानसिक विकासमा तथा अनुशासनमा बाँध्न पनि महत्वपूर्ण भूमिका रहने बताए । 


प्रतियोगितामा महिला तर्फ ९ जना र  पुरुष तर्फ ३० जना धावकहरुले  भाग लिएको उक्त प्रतियोगितामा  महिला तर्फ  दोर्दी गाउँपालिका वडा नम्बर ३ कि सर्मिला तामाङले ३.१ किलोमिटरको निर्धारित दुरि २९ मिनेट ३० सेकेन्डमा पारगरी  विजेता भइन भने राइनास नगरपालिका वडा नम्बर ३ कि सोमाया परियार निर्धारित दुरि ३० मिनेट २० सेकेन्डमा पारगरी उप- विजेता बन्न सफल भईन् ।


प्रतियोगितामा महिला तर्फ बिजेता र उप-बिजेतालाई क्रमशः नगद १० हजार , ५ हजारका साथमा मेडल र प्रमाणपत्र  पत्र प्रदान गरियो ।  त्यस्तै प्रतियोगितामा सहभागी सुन्दरबजार नगरपालिका वडा नम्बर ८ कि अस्मिता बराललाई प्रोत्साहन स्वरूप १ हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएको थियो ।



त्यसैगरी  प्रतियोगितामा पुरुष तर्फ बेसीशहर नगरपालिका वडा नम्बर ११ का रामजी बस्नेतले ६ किलोमिटरको निर्धारित दुरि ३४ मिनेट ३८ सेकेन्डमा पार गरि २९ जना प्रतिस्पर्धिलाइ पछाडी पार्दै बिजेता बन्न सफल भए भने  मर्श्याङ्दी गाउँपालिका वडा नम्बर ७ का आयुष वि.क.ले निर्धारित दुरि ३५ मिनेट ५६ सेकेन्डमा पारगरी उप-बिजेता बन्न सफल भए ।


प्रतियोगितामा पुरुष तर्फ बिजेता र उप-बिजेतालाई क्रमशः नगद १५ हजार , १० हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक सस्था भोटेवडार युथ सोसाइटीका अध्यक्ष ढकालले प्रहार समाचारलाई बताए ।
       उनले भने- ‘गतबर्ष सम्म पुरुषका लागि मात्र सञ्चालन गर्ने गरिएको उक्त दौड प्रतियोगिता यो वर्ष देखि महिलाका लागि पनि शुरु गरियो । ‘


 मिनि म्याराथुन दौडको इतिहास हेर्दा नेपाल एकीकरण अघिका बाइसे,चौविसे राज्यमध्य लिगलिग कोटमा दौडेर पहिलो हुने ब्यक्ति राजा हुने परम्परा रहेको थियो । अहिले राजा हुने परम्परा बाट दौड प्रतियोगिताहरु भएको भए पनि विभिन्न कोटहरुमा इतिहास परम्पराको झल्को दिने गरि मिनि म्याराथुन प्रतियोगिता आयोजना हुने गरेका छन् । यो पनि त्यही परम्परा एवं सस्कृती बचाउने साथै स्थानीय क्षेत्रको आन्तरिक तथा वाहिय पर्यटन भित्र्याउने प्रयासको एक कदम भएको आयोजकको भनाइ छ ।
     सृजनशिल सिकाइ केन्द्र भोटेवडारले आन्तरिक तथा बाहिय प्रर्यट्न भित्र्याउने उदेश्यका साथ शुरु गरेको मिनि म्याराथुन प्रतियोगितालाई दोस्रो बर्ष देखि भोटेवडार युथ सोसाइटीले गर्दै आएको छ ।

प्रतियोगिताको समा पनका अवसरमा बिजेता तथा उप-बिजेताहरुलाइ कार्यक्रमका प्रमुख अतिथि एवं सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइराला , सोसाइटीका सस्थापक संरक्षक सेयर सिंह कार्की र आयोजक सस्थाका अध्यक्ष अभिषेक ढकालले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।


कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजेन्द्र गुरुङ , ९ का वडा अध्यक्ष मनराज गुरुङ , वडा सदस्यहरु , पत्रकार महासंघ  लमजुङका पुर्व अध्यक्ष सन्तोष पौडेल लगायत विभिन्न विद्यालयका शिक्षक ,विधार्थी ,स्थानीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको  थियो । कार्यक्रम सोसाइटीका अध्यक्ष अभिषेक ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button