हेडलाईनव्याससमाचारगण्डकी

समाजसेवी गोबिन्द  पन्थलाई पुत्र शोक

प्रहार समाचार तनहुँ १९ असोज २०८१ शनिबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर २ , दमौली बजार  निवासी समाजसेवी गोविन्द पन्थलाई पुत्र शोक परेको छ ।


अधिवक्ता समेत रहेको पन्थका जेठा छोरा विराट पन्थको १७ गते घटस्थापनाको दिनमा दक्षिण अफ्रिकामा भएको कार दुर्घटनामा निधन भएको पारिवारिक श्रोतले बताएको छ। २७ वर्षिय पन्थ दक्षिण अफ्रिकाको याक्वान जेड इन्स्टिच्युट नामक संस्थामा पाइलट पढ्दै थिए।

१० महिने कोर्ष पूरा गरिसकेका पन्थ घटस्थापनाको साँझ साथीको जन्म दिन मनाउन भनेर कार लिएर उपहार खरिद गर्न जाँडै गर्दा कार दुर्घटनामा परेका थिए । कार विराट स्वयंले चलाएका थिए ।  ‘घटना हुनु दुई दिन अगाडी मात्रै छोरासङ्ग कुरा गरेको थिएँ दैबको लिला अहिले यस्तो ब्रजपात सहनु पऱ्यो ।’ – शोकमा डुबेका  बाबु गोबिन्द पन्थले भने ।

विराटको अब आठ महिना पछि पाइलट बन्ने सपना सोहि कार दुर्घटनामा नै समाप्त हुन पुगेको छ। बीमा लगायतको काम बाँकी रहेकाले आज शनिवार र भोली आइतबार पनि बिदा हुने भए पछि २१ वा २२ गते सम्ममा उनको शब नेपाल ल्याइने र अन्य काम त्यस पछि गरिने पारिवारिक श्रोतले बताइएको छ। नेपालीहरुको महान पर्व विजयादशमी हर्षोल्लासका साथ मनाइरहेको बेला पन्थ परिवार भने कुलको जेठो छोरा गुमाउनु परेको पिढाले शोकमा डुबेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button