हेडलाईनसमाचारप्रदेश

काठमाडौ बाट लमजुङ आउदै गरेको हायलक्स गाडी दुर्घटना : निधन

• विजय अधिकारी । ( संवाददाता ) लमजुङ , १९ असोज २०८१ शनिबार ।  काठमाडौबाट लमजुङ आउदै गरेको  हायलक्स गाडी आज  बिहान नुवाकोटको काफल डाँडामा दुर्घटना भएको र दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

वा १४ च ३८५४ नम्बरको हायलक्स गाडी आज बिहान टोखा छहरे सडक प्रयोग गरेर काठमाडौ बाट लमजुङ आउदै थियो । आज बिहान करिब ८ बाजेको समयमा टोखा छहरे सडक खण्ड बाट करीब ५०० मिटर तल खस्दा दुर्घटनामा परी एक जनाको निधन भएको छ । निधन हुनेमा काठमाडौ तारकेश्वर बस्ने ५८ बर्षका उपेन्द्र खनाल रहेका र उनको शव शिक्षण अस्पताल महाराजगन्जमा राखीएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डियसपी तिलक भारतीले बताए ।

गाडीमा चालक सहित ४ पुरुष र २ महिला गरि ६ जना सवार  थिए ।        दुर्घटनामा परी काठमाडौ मनमैजुका रामशरण अधिकारीको अवस्था भने गम्भीर रहेको छ ।
  गाडीका चालक तारकेश्वर १ बस्ने ४६ बर्षका विश्वनाथ अधिकारी , मनमैजु बस्ने ४६ बर्षका हरिकला खनाल , ५१ बर्षका गायत्री खनाल र नागार्जुनका ६३ बर्षका चन्द्रनाथ शर्मा घाइते भएका छन । घाइते सबैको ग्रान्डी अस्पतालमा उपचार भइरहेको डियसपी भारतीले जानकारी दिए ।


   उक्त गाडी पिपुल्स हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
    पिपुल्स हाइड्रोपावरले लमजुङको दोर्दी खोलामा ५४ मेगावाटको सुपरदोर्दी “ख” जलविद्युत आयोजना सञ्चालित छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button