हेडलाईनसमाचारगण्डकीखेलकुद

त्रिवेणी  युवा  समूह (क्लब ) मध्य नेपाल -४ , ठुलो कुमाल गाउँको आयोजनामा  भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

प्रहार समाचार । तनहुँ , १९ असोज २०८१ शनिबार । त्रिवेणी  युवा  समूह (क्लब ) मध्य नेपाल नगरपालिका वडा  नम्बर ४ , ठुलो कुमाल गाउँको आयोजनामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलीबाट  हुने भएको छ ।

‘ स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ  क्लबको २२औं  वार्षिक उत्सव एवं हिन्दुहरूको महान चाड विजया दशमीका अवसर पारेर उक्त प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको क्लबका संस्थापक अध्यक्ष मङ्गल कुमारले बताए ।


भोलि असोज २० गतेबाट २३ गतेसम्म सञ्चालन हुने उक्त वडास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगद, सिल्ड , मेडल तथा प्रमाणपत्र , द्वितीय हुने टिमलाई नगद ३० हजार सिल्ड , मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष पृथ्वी उपरकोटीले प्रहार समाचारलाई बताए ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट सटर र बेस्ट लिफ्टरलाई छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत वडास्तरीय खुला नृत्य प्रतियोगिता समेत क्लबले आयोजना गरेको छ। उक्त खुला नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १० हजार नगद र प्रमाणपत्र तथा द्वितीय हुनेलाई ५ हजार र नगद र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ। नृत्य प्रतियोगितामा मौलिक संस्कृतिक झल्किने गरी भेषभुषा सहित सामुहिक नृत्यलाई प्राथमिकता दिइने बताइएको छ ।

सांस्कृतिक कार्यक्रममा सहभागीले दर्ता शुल्क १ हजार र भलिबल प्रतियोगितामा सहभागी टिमले दर्ता शुल्क ५ हजार ५५ तिर्नु पर्ने छ। वडा स्तरीय उक्त भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममा उल्लेखनीय सहभागिता रहने आयोजकको दाबी रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button