• विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार । लमजुङ जिल्लाको मर्श्याङ्दी गाउँ पालिका वडा नम्बर – २, को घनपोखरा ,साविक वडा नम्बर – ८, को प्रोबी गाउँ निवासी ५७ बर्षका बाबु सन्त बहादुर तामाङ र २७ बर्षका छोरा सोम बहादुर तामाङ का विच मापसे का कारण घरायसी झणडा हुँदा छोराको ज्यान गएको छ।

घटना क्रम अनुसार हिंजो साँझ बाबुछोरा दुबै घरमा नै बसेर मापसे गर्दै थिए । मापसे सेवनकै क्रममा बाबुछोरा विच झगडा शुरु भयो । झगडा बढदै जादा बाबुछोरा विच हात हालाहाल भएको थियो ।
मापसे गरि झगडा हुँदा छोरा सोम बहादुरले बाबुको टाउकोमा लठ्ठीले हिर्काएको र त्यस पछी बाबुले छोरालाई हसिया प्रहार गर्दा सोम बहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका सोम बहादुरको उपचारका लागि लमजुङ अस्पताल लगिएको थियो । लमजुङ अस्पतालमा प्राथमिक उपचार पछी भरतपुर अस्पताल रिफर गरिएकोमा उपचारको क्रममा शुक्रबार नै तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न सन्त बहादुरलाई खुदी प्रहरी चौकी बाट खटिएको प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको छ ।
























