हेडलाईनसमाचारप्रदेश

आज बडादशैं  तेस्रो दिन आज :   चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

प्रहार समाचार । तनहुँ , १९ असोज २०८१ शनिबार ।  बडादशैं एवं नवरात्रको तेस्रो दिन  दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरेर मनाइदै छ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।चन्द्रघण्टा  देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने प्रचलन रहि आएको छ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको बताईन्छ ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने जन विश्वास रहि आएको छ। ग


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button