हेडलाईनभानुसमाचारगण्डकी

राईपाली – रातामाटा सडक मार्ग कालोपत्रे गर्न सुरु

प्रहार समाचार । तनहुँ १८ असोज २०८१ शुक्रबार । तनहुँको भानु नगरपालिका वडा नम्बर १० राईपाली रातामाटा सडक मार्ग कालोपत्रे गर्न सुरु गरिएको छ।

वडा नम्बर १० को गुम्बाको उकालोबाट सुरु गरी माथिल्लो मैदानसम्म १२ सय मिटर सडकको  कालोपत्रे गर्ने कार्य आज बाट सुरु गरिएको वडा सदस्य सन्तोष घलेले बताए ।   ‘कालोपत्रे गर्न तीन दिनभन्दा बढी लाग्ने छ । ‘ – वडा  सदस्य घलेले भने ।

उक्त सडक खण्डमा कालोपत्रे गर्ने काम भएकाले सो मार्ग हुँदै चल्ने सबै प्रकारका यातायातका साधनहरु पूर्ण रूपमा बन्द गरिएको छ। यसको बिकल्पको रूपमा  केहिदिनका लागि सिमलचौर हुँदै दुधे कुनाको मार्गको प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button