हेडलाईनसमाचारप्रदेशस्वास्थ्यमनोरञ्जन

आज विश्व मुस्कान दिवस :  सबैलाई शुभकामना

प्रहार समाचार । तनहुँ १८ असोज २०८१ शुक्रबार । पृष्ठभुमि  :  वर्चेस्टारका एक कलाकार हार्वे बलले सन १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरुको ध्यान मुस्कानको महत्त्व तिर केन्द्रित हुन पुग्यो । त्यस पछी सन १९९९ देखि यो दिवस औपचारिक ढंगमा मनाइने गरिन्छ । सन २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको “विश्व हार्वे बल मुस्कान फाउन्डेसन” ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यस फाउन्डेसनको नारा छ “संसारलाइ मुस्कानले सुधार गर्नुहोस् ” । सन २०२४ को मुस्कान दिवसको नारा चाहिँ “do an act of kindness , help one person smile ” रहेको छ । समाजमा मुस्कानको महत्त्व आफू हासे मात्र नभई अरुलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ । अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइने विश्व मुस्कान दिवसको  अनेक शुभकामना छ ।

सम्पूर्ण पाठकहरु तथा शुभचिन्तकहरुमा हाम्रो पनि मुस्कान :

यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जिवनमा अघि बढन यो हदसम्म मेहनत गर्ने छन कि उनीहरुले एउटा मिठो मुस्कान दिन समेत भुली सकेका हुन्छन् ।  तर , जिवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरुलाई पनि मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।
    सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सँधै मुस्कुराएर जीवन जिउनुहोस । प्रहार समाचारका लागि सुयोग ढकाल ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button