प्रहार समाचार । तनहुँ १८ असोज २०८१ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुग्लिनमा सहकारी पीडितहरूले कालो झण्डा देखाएर व्यानर सहित विरोध गरेका छन् ।
तस्बिर : बिहानी मिडिया

आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा तथा कालो व्यानर सहित विरोध गरेका हुन् ।
सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए । नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गनतव्य तर्फ पठाएको थियो । सहकारी पीडितको विरोध पश्चात रास्वपाका कार्यकता बिच सामान्य झडप समेत सृजना हुन पुगेको थियो ।
चितनवमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिव १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरेपनि बचत फिर्ता नपाएको पिडितहरुले बताएका छन् ।
























