हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ १६ असोज २०८१ बुधबार । व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेको विशेष इच्छाशक्ति र प्रतिबद्धताले विद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बताए । नगर प्रमुख न्यौपानेले लामो शैक्षिक अनुभव र सामाजिक जिम्मेवारीप्रतिको गहिरो समर्पणका कारण नै व्यास नगरपालिकाका विपन्न र अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा र आवासको व्यवस्था गर्न यो विद्यालय खोल्ने पहल गरिएको बताए । “म आफैं शिक्षा क्षेत्रबाट आएको भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” नगरप्रमुख न्यौपानेले भने । नगरप्रमुख न्यौपानेले विद्यालयलाई थप सशक्त बनाउन र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले  विद्यालयको महत्त्व र यसको उज्ज्वल भविष्यप्रति सकारात्मक सोचका साथ कालिला बालबालिकाको उज्वल भविष्यको कामना गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा अधिकृत नवीन पराजुली, वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद नौपाने, शिक्षक, स्थानीय समाजका अगुवाहरू, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शुभकामना आदनप्रदान कार्यक्रम वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभापतित्वम सम्पन्न भएको थियो ।

हाल  विद्यालयमा ५५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।  जो सबै आर्थिक रूपमा कमजोर र अभिभावकविहीन बालबालिका हुन् । ती विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक खर्च, आवास, र भोजनको व्यवस्था व्यास नगरपालिकाले गरिरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button