हेडलाईनभानुसमाचारगण्डकीस्वास्थ्य

भानुमा ५६ वटा पसलहरुको अनुगमन, अधिकाँश पसलमा मूल्य सुची नभएको पाईयो

प्रहार समाचार । तनहुँ १६ असोज २०८१ बुधबार ।  भानु नगरपालिकाले आज ५६ वटा पसलहरुको अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, अखाध्य वस्तुको प्रयोग, सरसफाईमा ध्यान दिए नदिएको, म्याद नाघेको वस्तुको विक्री वितरण , पसल दर्ता भए नभएका विषयमा अनुगमन गरिएको भानु नगरपालिकाकी उप–प्रमुख एवं बजार अनुगमन समितिकी संयोजक उमा गोतामेले जानकारी दिइन्।

बजार अनुगमन समितिले नगरपालिकाको वडा नं. १ को साजबोटे र कल्याणटार क्षेत्रमा गनुगमन गरेको हो । दसैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अनुगमन गर्न सुरु गरेको समितिले उक्त क्षेत्रका खाद्यान्न, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरुमा अनुगमन गरेको छ ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिइएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।

अनुगमनको क्रममा अधिकाँश पसलमा मूल्य सुची नराखिएको भेटिएको , पसल दर्ता नगरेका, नविकरण नगरिएको भेटिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज ज्ञावलीले जानकारी दिए ।   साथै अनुगमन समितिले व्यवसाय सञ्चालनको मापदण्ड पुरा नगरेका पसल सञ्चालकहरुलाई यथासक्य प्रक्रिया पुरा गर्न निर्देशन समेत दिएको छ ।

अनुगमनका क्रममा अनुगमन समितिकी संयोजक उमा गोतामे, वडा नं. १ की वडा अध्यक्ष कान्छीमाया तामाङ , भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रशासकीय अधिकृत युवराज ज्ञावली, जनस्वास्थ्य निरीक्षक शिवराज मिश्र, पशु बिकास अधिकृत डाक्टर शुशिल ऐरी, ईलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रहरी निरीक्षक दिपक कुँवर, कृषि शाखाकी प्राविधिक सँगीता आचार्य, पशु शाखाका प्रविधिक अमित ढुँगाना लगाएतको सहभागिता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button