प्रहार समाचार । तनहुँ १६ असोज २०८१ बुधबार । जनप्रतिनिधिहरुले कहाँ सम्मको ठगि तथा कमाउ धन्दामा लाग्दा रहेछन् भन्ने उदाहरण खोजन टाढा जान पर्दैन । बगलुङको घटनालाई नियाले पुग्छ । सहकारी ठगी अभियोग लागेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेय देवकुमार नेपाली पक्राउ परिसके पछि अन्ततह हिंजो कारागार चलान भएका छन्।

जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले हिंजो नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्सपेक्टर केशव थापाले मेयर नेपालीलाई अदालतले कारागार चलान गर्ने आदेश दिएसँगै कारागार पठाएको बताए । मेयरका भाई ओमबहादुर दर्जीलाई अदालतले १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
फरार रहेका नेपालील लाई भारतको दिल्लीमा पक्राउ गरेर बागलुङ लगिएको थियो।
मेयर नेपाली आफू अध्यक्ष रहेर पोखरा र बागलुङमा छुट्टा छुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। नेपाली माथि सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी खम अपचलन भएको आरोप छ। उनले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताउँदै आएका छन्।
























