प्रहार समाचार । तनहुँ , १५ असोज २०८१ मङ्गलबार । आफ्नो जन्म दिनको अवसरमा फजुल खर्च कटाएर लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालले व्यास ५ चापाघाटमा रहेको बेद व्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेकी छन्।

‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन्’ भन्ने मूल नाराका साथ स्थापित तथा महिलाद्धार सन्चालित आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई अध्यक्ष खनालले फलफुल , एकदिनको खाजा सहित ५ हजार ५५ रुपैया गरेकी हुन् । यसै बिच क्लबका पुर्ब अध्यक्ष शान्ति कुमारी दरैबाट पनि आफ्नो जन्मदिनको अबसरमा १ हजार १ सय सहयोग गरेको आश्रमले जनाएको छ।
यसै गरि लायन्स क्लब अफ तनहुँ सत्यवतीले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आश्रमको सेवा लाई थप सहज बनाउन अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवशको अबसर पारेर आजै ५ हजार ५ सय ५५ रुपैया नगद सहयोग गरेका आश्रमका अध्यक्ष निर्मला मल्लले बताइन् । आश्रम यस्तै दाताहरुको सहयोगमा चल्दै आएको छ। मनकारी सहयोगीहरु प्रति आश्रम परिवारले धन्यवाद दिएको छ।

























