प्रहार समाचार । काठमाडौं , १५ असोज २०८१ मङ्गलबार । गत साता परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी अनुसार प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले बताए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको उनले बताए।
उता बाढीपहिरो र अविरल वर्षाका कारण सरकारले खबर गर्दा पनि उद्दार नगरेको भनि सामाजिक सञ्जालहरुमा सरकारको चर्को आलोचना गरिएको छ ।
























