हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रहार समाचार । तनहुँ , १५ असोज २०८१ मङ्गलबार । आयल निगमनले  पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ। निगमले गएराति ११ बजेबाट लागु हुनेगरी मूल्य घटाएको हो

मूल्य घटेसंङ्गै अब पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ घटेको छ।

जस अन्तर्रगत अब  पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ पर्ने छ र डिजेलको मूल्य १४४.५० रुपैयाँ पर्ने भएको छ ।

त्यसैगरि दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

यसका साथै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ पर्ने भएको छ।

उता एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ बढेर आए पनि चाडपर्वलाई लक्षितगरी यथावत राखिएको निगमले विज्ञप्ति मार्फत  जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button