हेडलाईनसमाचारगण्डकीविजनेसम्याग्दे

म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सन्चालन  

प्रहार समाचार । तनहुँ , १४ असोज २०८१ सोमबार । तनहुँकोम्याग्दे गाउपालिकाकाे आयाेजना र तनहुँ उधाेग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिकाे सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा उत्साहका साथ सञ्चालन भएको छ।


पालिका भित्र व्यापार व्यवसाय गर्ने  व्यवसायिलाई कानुनि दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत अभियान सुरु गरिएको हो ।   

उधाेग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायी अनिवार्य रूपमा आउन गाउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आग्रह गरेका छन् ।    

म्याग्दे गाउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायिलाई सजिलाेकाे लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएकाे बताए । उधाेग, व्यवसाय सन्चालन गरेका व्यवसायिकाे तथ्यांक सकलनका लागि पनि यस अभियान प्रभावकारि हुने अपेक्षा उपाध्यक्ष घिमिरेकाे छ ।   

गाउँपालिका भित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपछि अभियानकै रूपमा कार्यक्रम सुरु गरिएको आर्थिक विकाश शाखा प्रमुख अधिकृत   प्रदिप न्याैपानेले बताए ।

पहिलाे चरण अन्तरगत वडा न १, २ र ३ वडामा हाेटल, किराना, कृषि , मासुपसल, स्टेशनरी,परामर्श  लगायत संचालनमा रहेका व्यवसायि दर्ता तथा सुचिकृत गिरएकाे अधिकृत न्याैपानेले बताए ।  तीन वटै वडामा गरि १ सय ५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उधाेग वाणिज्य संघ थर्पु ईकाइसंग सल्लाह गरेर  कार्यतालिका बनाई अभियान सन्चालन हुने अधिकृत न्याैपानेले जानकारि दिए ।

व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट  सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारि निकायमा दर्ताका कागजपत्रका अधारमा  हुने छ । साेहि अवधिमा व्यवसायीकाे सहजका लागि फाेटाेकपि लगायतका कार्य नि:शुल्क हुने छ ।    

थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिकाे हितमा कार्य गर्ने र कानुनी दायरामा ल्याउन  सुचना प्रकाशन गरे पश्चात व्यवसायी सस्था सहयात्री भएकाे बताए ।   ‘स्थानिय सरकारसँग गाउँपालिका भित्र संचालन हुने उधाेगी, व्यवसायिकाे प्रत्यक्ष सलग्नता हुनेहुदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छाै ।’  – अधिकारिले भने अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्यहरु समेत लागिपरेको उनले बताए ।
आज  धँयरे वजारमा सन्चालन भएकाे व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button