प्रहार समाचार । १४ असोज २०८१ सोमबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा सुचना प्रविधि ( आई टी ) को क्षेत्रमा रोजगारीको अवसरका सम्बन्धमा एकदिने अन्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

क्याम्पस सभा हलमा भएको उक्त अन्तक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष प्रशन्त जिसीले सहजीकरण गर्दै विद्यार्थीहरूले जव सिकिन्छ अनि विकिन्छ भन्ने सत्यलाई हृदयङ्गम गर्न र सिप बिनाको अध्ययनले निकम्मा बनिन्छ भन्ने बुझेर अध्ययन र सीप दुवैलाई सँगै लिएर अगाडि बढ्न सुझाए ।
जिसी भारतमा सुचन प्राविधि उद्योगमा लामो समय रिक्रुटमेन्ट म्यानेजरको रूपमा कार्यरत रहदै आएका व्यक्ति हुन् । उनले तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ छिर्कने भन्ज्याङमा सूचना प्रविधि उद्योग सञ्चालन गर्ने तयारीका लागी आइटी जनशक्ति व्यवस्थापन सर्भेक्षणमा संलग्न रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, ई.अनमोल प्रधान , उपप्राध्यापक बिमल खत्री , स्ववियू अध्यक्ष गौरव पन्थ , एविआइटी क्लवका अध्यक्ष विशाल रुचाल लगायत स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी एवं सदस्य र बिआइसिटीइ प्रोग्राममा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रम बीआइसिटी कार्यक्रमका प्रमुख इन्जिनियर घनबहादुर थापाको अध्यक्षतामा भएको थियो।

























