हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

बाढीपहिरो  प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड  सहयोग गर्ने

प्रहार समाचार । तनहुँ १४ असोज २०८१ सोमबार । गत हप्ता तीन दिन सम्म परेको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय भएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button