हेडलाईनसमाचारप्रदेश

बाढिको बितण्डा : मृतको संङ्ख्या पुग्यो १ सय ९२

प्रहार समाचार । १४ असोज २०८१ सोमबार ।   गत हप्ता तीन दिन सम्म परेको  अविरल  वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ९२ को पुगेको छ भने  ३० जना अझै बेपत्ता भएका छन् । ह

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  प्राकृतिक विपद्मा १ सय ९४ जना घाइते हुन पुगेका छन् । प्रवत्ता तिवारीका अ  उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ । 

हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button