हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम

प्रहार समाचार । काठमाडौं १४ असोज २०८१ सोमबार । नेपालमा आजपनि  मनसुनी वायुको प्रभाव रहेको छ । जस्काकारण  अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

आज  दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button