हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

परोपकार जेष्ठ नागरिक आश्रमका नागरिकको निशुल्क मुटु परिक्षण

प्रहार समाचार । १३ असोज २०८१ आइतबार । नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा व्यास नगरपालिका–३ दमौली स्थित नेशनल एपोलो हस्पिटलको सहयोगमा जेष्ठ नागरिकको मुटु परिक्षण गरिएको छ । 

विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरु, आश्रममा आबद्ध जेष्ठ नागरिकको  मुटुको जाँच गरिएको हो ।

मुटु परिक्षण शिविरमा व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले आश्रम रहेका आमा  /बुबाहरु तथा अन्य जेष्ठ नागरिकहरुको मुटुको परिक्षण गर्नुका साथै  मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी गराएका थिए ।

  प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा  प्रतिष्ठानका उपाध्यक्ष चुडामणी दाहाल , जेष्ठ नागरिक चौतारी आश्रम तनहुँका अध्यक्ष तारानाथ घिमिरेले  आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा नेशनल एपोलो हस्पिटलका डा. सुरेन्द्र रोका मगरको नेतृत्वमा स्वास्थ्यकर्मीहरु सुनिता धमेल र जीवन श्रेष्ठले स्वास्थ्य परिक्षणमा गरेका थिए । त्यस अबसरमा ७८ जना जेष्ठ नागरिको मुटु परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा  विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।


मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुन धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी  ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन्  । चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुने बताइन्छ ।यस वर्ष विश्वभर “काम गरौं, मुटु बचाउँ” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईएको थियो । कार्यक्रमको सहजिकरण प्रतिष्ठानका सहसचिव मानबहादुर आलेले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button