प्रहार समाचार । तनहुँ १३ असोज २०८१ आइतबार । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको निर्मल माध्यामिक विद्यालयमा मुटु सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।

“काम गरौं, मुटु बचाउँ” भन्ने मुल नाराका साथ आज विश्व भर यो दिवस मनाइएको छ। यसै अवसरमा दमौली अस्पतालको समन्वयमा निर्मल माध्यामिक विद्यालयका विद्यार्थीहरुलाइ मुटु सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्ति रमण वाग्लेले जीवनमा मुटुको धेरै ठूलो महत्व रहेकोले यसको सुरक्षामा सबैले ध्यान दिनुपर्ने चर्चा गरे ।

व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो स्वास्थ्यप्रति सचेत रहन ठूलो टेवा पुग्ने बताए ।

कार्यक्रममा दमौली अस्पतालका प्रमुख डाक्टर परिवर्तन बरालले पछिल्लो समय मानिसहरूको व्यस्त जीवनशैली , प्याकेजका खाने कुराहरूको अत्याधिक प्रयोग , अशुद्ध खाने कुराहरू प्रशोधित अनि केमिकलजन्य उपभोग्य वस्तुहरु लगायतकोमा खानेकुरा खानाले मुटुरोगीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताए । डा. बरालले दैनिक व्यायाम , खेलकुँद , स्वस्थ्य आहार विहार तथा योग , ध्यान लगायतमा लाग्न तथा स्वस्थ मानिसले पनि बेलाबेला मुटुको परीक्षण गर्नुपर्ने सुझाए ।
कार्यक्रममा डा. सन्दिप पाण्डे , डा. बिपना गुरुङ , डा. आकृति लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेत , विद्यालय व्यवस्थापन समितिका सदस्य हरिशरण खनाल , शिक्षक एवं बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
त्यस अबसरमा बिज्ञ डाक्टरहरुले मुटुलाई स्वस्थ राख्ने तरिका एवं मुटुको महत्व वारे विद्यालयका विद्यार्थी हरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै शिक्षकहरूको मुटुको स्वस्थ परिक्षण गरेका थिए । विद्यालयले समन्वय गर्ने दमौली अस्पताल परिवारलाई धन्यवाद दिएको छ ।

























