हेडलाईनभानुसमाचारगण्डकीस्वास्थ्य

तनहुँको भानु नगरपालिकाले  निःशुल्क रेबिज विरुद्धको तीन दिने खोप कार्यक्रम सञ्चालन  गर्ने

प्रहार समाचार । तनहुँ १३ असोज २०८१ आइतबार । तनहुँको भानु नगरपालिकाले १८ औँ विश्व रेबिज दिवसको अवसरमा  ‘अवरोध हटाउँ रेबिज उन्मूलन गरौं ‘ भन्ने मूल नाराका साथ निःशुल्क रेबिज विरुद्धको तीन दिने खोप कार्यक्रम भोलीबाट गर्ने भएको छ।

तस्बिर : प्रहार अनलाईन मिडिया

नगर नगरपालिकाले भोलि १४ गते भानु नगरपालिकाको वडा नम्बर ३ खहरे, चाम्बास , दोर्दोर , तुरतुरे र ढुकुटीमा  उक्त रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको भानु नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पशु विकास अधिकृत डाक्टर सुशील ऐरीले जानकारी दिए।

डा. ऐरीका अनुसार १५ गते मंङ्गलबार भानु नगरपालिकाको वडा नम्बर २ मा रहेको भानु चोक ,  नारेश्वर टार र ठूलो टार  ,  भकुन थोक स्कुल र बाह बिसे  (सशस्त्र चौकी  ) मा  उक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ।


यसैगरी १६ गते बुधबार भानु नगरपालिका वडा नं २ को पशु विकास शाखा ,  फुस्रेटार  , नं ९ को पशु सेवा केन्द्र बाइजाँगर , वडा नम्बर ५ को पशुसेवा केन्द्र सेपा बगैंचा  र वडा नं १३ को पशु सेवा केन्द्र चन्द्रावतीमा उक्त कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाको पशु विकास शाखा फुस्रेटामा  हरेक दिन निःशुल्क रेबिज विरुद्धको खोप लगाइने तथा निःशुल्क कुकुर बन्दाकरण गर्नका लागि नाम दर्ता गराउन सकिने समेत नगरपालिकाले जनाएको  छ ।

यस्तो छ कार्यतालिका :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button